काठमाडौं । पार्टीले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने आजदेखि महामन्त्री गगन थापा आफ्नो छुट्टै यात्रामा निस्किने भएका छन्। उनी मेची–महाकाली संवाद यात्रामा निस्किन लागेका हुन्।
उनको यात्रा झापाको छोटी भन्सारमा आज शुरु हुनेछ। १३ दिने यात्राका क्रममा महामन्त्री थापाले हुलाकी राजमार्ग अन्तर्गतका २१ जिल्लाका पार्टी कार्यकर्ता तथा जनताका आवाज सुन्ने छन्।
एक जिल्लामा न्यूनतम पाँच वटा कार्यक्रम गर्ने उनको तयारी छ। तर पार्टी अभियानका बेला छुट्टै नाम दिएर यात्रा शुरु गरेपछि कांग्रेस वृत्तमा उनको आलोचना भएको छ। यसलाई उनको व्यक्तिगत महत्त्वाकांक्षा र आगामी महाधिवेशनमा सभापतिका लागि दौडधूपको रूपमा हेरिएका छन् ।
महामन्त्री थापाले भने ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत नै यात्रा शुरु गर्न लागेको प्रतिक्रिया दिएका छन्।




