विश्व

कंगोमा विद्रोहीको आक्रमणमा १९ जनाको मृत्यु, २७ घाइते

काठमाडौं । उत्तरी कंगोको किभु प्रान्तमा विद्रोही लडाकुले गरेको आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ ।
द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा पछिल्लो घटना भएको त्यहाँको सेनाले पुष्टि गरेको छ ।

सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जी.एन.काइकोले विद्रोही लडाकुहरूले म्वेसो शहरमा मोर्टार बम प्रहार गरेको बताएका छन् । हमलामा २७ सर्वसाधारण पनि घाइते भएका छन् । माघ ११ बिहीबार साँझको आक्रमणपछि सर्वसाधारणले म्वेसोको सरकारी अस्पतालमा शरण लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *