विश्व

फ्रान्सका राष्ट्रपति म्याक्रोँ बिहीबार जयपुर आउँदै

नयाँदिल्ली। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ ७५औँ गणतन्त्र दिवस समारोहका प्रमुख अतिथिका रूपमा आज भारतको जयपुर आइपुग्ने भएका छन् ।

भारत–फ्रान्स रणनीतिक साझेदारीको २५औँ वर्षगाँठको अवसरमा उहाँको भ्रमण हुन लागेको हो । म्याक्रोँले अम्बर किल्लाको भ्रमण गरेर भ्रमणको सुरुवात गर्नेछन् ।

राष्ट्रपति म्याक्रोँलाई प्रधानमन्त्री मोदीले स्वागत गर्नेछन् र दुवै नेताले गुलाबी शहरको एकसाथ भ्रमण गर्नेछन् । भ्रमणपछि दुई नेताबीच गहन द्विपक्षीय वार्ता हुनेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ७५औँ गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका रूपमा म्याक्रोँको भारत भ्रमण तय भएको हो । यस अवसरमा फ्रान्सेली सशस्त्र बलको एक टुकडीले गणतन्त्र दिवसको परेड र फ्लाइपास्टमा भारतीय सेना र एभिएटरहरूसँग भाग लिनेछ ।

म्याक्रोँले ‘एम्बर फोर्ट’को भ्रमण गर्नेछन् र इन्डो–फ्रान्सेली सांस्कृतिक परियोजनाका सरोकारवाला, साथै विद्यार्थीसँग अन्तर्क्रिया गर्नेछन् ।

जनवरी २६ मा राष्ट्रपति म्याक्रोँ गणतन्त्र दिवसको परेडमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । उनी भारतका सम्माननीय राष्ट्रपति द्रौपदी मुर्मूको निमन्त्रणामा राष्ट्रपति भवनमा हुने ‘एट होम रिसेप्सन’ र त्यसपछि राजकीय भोजमा सहभागी हुनुहुने कार्यक्रम छ ।

यसअघि म्याक्रोँ सन् २०१८ को मार्चमा भारतको राजकीय भ्रमणमा र जी–२० शिखर सम्मेलनका लागि सन् २०२३ को सेप्टेम्बरमा औपचारिक दिल्ली भ्रमणमा आएका थिए।

उनले चारपटक प्रधानमन्त्री मोदीलाई फ्रान्समा स्वागत गरिसकेका छन् । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई यस समारोहका प्रमुख अतिथिको रूपमा स्वागत गर्ने भनिएको थियो । तर, सिख नेता गुरुपतवन्त पन्नुको हत्याको प्रयासमा भारत संलग्न भएको खबर बाहिरिएपछि बाइडेनले भारत भ्रमण अस्वीकार गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *