देश

चुनाव प्रचारकै क्रममा सिटौलाले गरे हलेसी महादेव मन्दिरको पूजाअर्चना

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, प्रदीप पौडेलसहितले खोटाङस्थित हलेसी महादेव मन्दिरको पूजाअर्चना गरेका छन् ।

आगामी माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनको प्रचारप्रसारकै क्रममा सिटौलाले हलेसी महादेव मन्दिरको पूजाआजा गरेका हुन् ।

चुनावको दिन नजिकिँदै जाँदा सिटौला कोशी प्रदेशका विभिन्न जिल्लामा भेटघाट तथा छलफलमा लागेका छन् । उनलाई पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङ्देम्बे, केन्द्रीय सदस्यहरूले साथ दिएका छन् ।

यसपटक राष्ट्रिय सभा सदस्य बनेर सिटौला फागुन २० पछि राष्ट्रिय सभा अध्यक्ष बन्ने तयारीमा छन् । यस अगाडिका दुईवटा निर्वाचन हारेकाले सिटौलाले आफ्नो मनोकामना पूरा गर्न हलेसीमा पूजाआजा गरेको कांग्रेस नेता कार्यकर्ताको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *