खेलकुद

टोटनह्याममाथि चेल्सीको शानदार जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरको छ । गएराती सम्पन्न खेलमा चेल्सीले टोटनह्यामलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा निकोलस ज्याक्सनले ह्याट्रिक गरेका थिए भने कोल पाल्मरले एक गोल गरेका थिए । त्यसैगरी टोटनह्यामका लागि डेजान कुलुस्भेसकीले एक गोल गरेका थिए ।

यस खेलमा टोटनह्यामका दुई खेलाडीले रातो कार्ड पाएका थिए ।य्स्खेल्मा खेलको ३३औँ मिनेटमा क्रिस्टियन रोमेरो र खेलको ५५औं मिनेटमा डेस्टिनी उडोगीले रातो कार्ड पाएका थिए ।

यो यस सिजनमा चेल्सीको यो चौथो जित हो । यो जितपछि चेल्सीको ११ खेलमा १५ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ । त्यसैगरी टोटनह्यामको भने यो यस सिजनमा पहिलो हार हो । यो हारपछि टोटनह्यामको ११ खेलमा २६ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *