खेलकुद

फियोरेनटिनामाथि युभेन्टसको जित

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले फियोरेनटिनालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले फियोरेनटिनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा खेलको १०औं मिनेटमा फाबिओ मिरेट्टीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि युभेन्टसको ११ खेलमा २६ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी फियोरेनटिनाको ११ खेलमा १७ अंक रहेको छ र लिगमा आठौँ स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *