खेलकुद

नेपाललाई मलेसियाले दियो १६६ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ । टी-२० विश्वकप छनौट अन्तर्गत जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउदै १६५ रन बनाएको हो ।

मलेसियाका लागि सायद अजिजले सर्बाधिक ६८ रन बनाएका थिए भने जुबैद जुलकिफ्लेले २४, शर्भिन मुनियांडीले १३ रन, विजय उन्नेले १३ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर अविनाश बोहोराले सर्बाधिक ४विकेट लिएका थिए । अविनाशले ४ ओभरमा २७ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछाने, गुलशन झा र कप्तान रोहित पौडेलले एक एक विकेट लिएका थिए । त्यस्तै नेपालले २ विकेट रनआउटको रुपमा लिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *