काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज बंगलादेश र पाकिस्तानबीच खेल हुदैछ ।
कोलकोताको इडेन गार्डेन स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुदैछ ।
जारी क्रिकेट विश्वकपमा पाकिस्तानले ६ मध्ये २ खेलमा जित हासिल गरेको छ भने बंगलादेशले ६ मध्ये एक खेल मात्र जितेको छ । चार खेलमा हार बेहोरेको पाकिस्तान र ५ खेलमा हार बेहोरेको बंगलादेशका लागि सेमिफाइनल दौडमा कायम रहन यो खेल जित्नैपर्ने अवस्था रहेको छ ।
यस विश्वकपमा पाकिस्तानले आफ्ना पछिल्ला चार खेलमा हार बेहोरेको छ भने बंगलादेशले आफ्ना पछिल्ला पाँच खेलमा हार बेहोरेको छ ।
बंगलादेश र पाकिस्तानबीच अहिलेसम्म ३८ एकदिवसीय खेल भएका छन् । जसमा पाकिस्तानले ३३ खेल जितेको छ भने बंगलादेशले ५ खेलमा जित हासिल गरेको छ ।
पाकिस्तानको सम्भावित प्लेइङ ११- बाबर आजम (कप्तान), उसमा मिर, अब्दुल्ला शफिक, हरिस रउफ, हसन अली, इफ्तिखार अहमद, इमाम उल हक, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकीपर) र शाहीन शाह अफ्रिदी ।
बंगलादेशको सम्भावित प्लेईङ ११- शकिब अल हसन (कप्तान), नजमुल हुसेन शान्तो (उपकप्तान), लिट्टन दास, तान्जिद हसन तमिम, तौहिद ह्रिदोय, मुशफिकुर रहिम, मधुमुल्लाह, मेहदी हसन मिराज, तस्किन अहमद, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लाम ।




