खेलकुद

क्रिकेट विश्वकपमा आज बंगलादेश र दक्षिण अफ्रिकाबीच भिडन्त

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपमा आज बंगलादेश र दक्षिण अफ्रिकाबीच खेल हुदैछ । मुम्बईको वान्खडे क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुदै छ ।

जारी क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाले ४ खेलमा ३ जित र एक हारसहित ६ अंक हासिल गरेको छ भने अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी बंगलादेशले ४ खेलमा एक जित र ३ हारसहित २ अंक रहेको छ । यसअघि तीन खेल हारेकाले बंगलादेशका लागि यो खेल महत्वपूर्ण रहेको छ ।

यस खेलमा बंगलादेशका नियमित कप्तान शकिब अल हसन खेल्ने सम्भावना रहेको छ । उनले भारतविरुद्धको खेल गुमाएका थिए । त्यसैगरी दक्षिण अफ्रिकाका नियमित कप्तान टेम्बा बभुमा पनि आजको खेल खेल्ने सम्भावना रहेको छ । उनले पनि पछिल्लो खेल गुमाएका थिए ।

बंगलादेश र दक्षिण अफ्रिकाबीच अहिलेसम्म २४ एकदिवसीय खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले १८ खेल जितेको छ भने बंगलादेशले ६ खेल जितेको छ ।

बंगलादेशको सम्भावित प्लेईङ ११- शकिब अल हसन (कप्तान), नजमुल हुसेन शान्तो (उपकप्तान), लिट्टन दास, तान्जिद हसन तमिम, तौहिद ह्रिदोय, मुशफिकुर रहिम, मधुमुल्लाह, मेहदी हसन मिराज, तस्किन अहमद, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लाम ।

दक्षिण अफ्रिकाको सम्भावित प्लेइङ ११ : टेम्बा बाभुमा (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), हेनरिक क्लासेन, एडेन मार्कराम, डेभिड मिलर, लुंगी एनगिडी, कागिसो रबाडा, केशब महाराज, कागिसो रबाडा, गेराल्ड कोएत्जी र मार्को जेन्सेन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *