काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज हुने नेदरल्याण्डस र दक्षिण अफ्रिकाबीच खेल एक घण्टा ढिलो गरि शुरु हुने भएको छ ।
भारतको धर्मशालास्थित हिमान्चल प्रदेश क्रिकेट एसोसियसन स्टेडियममा हुने यो खेल बर्षाले गर्दा रोकिएको खेलको अब भने ओभर घट्ने भएको छ । समयमा शुरु हुन नसकेपछि अब यो खेल ४३-४३ ओभरको हुने भएको हो ।
यस खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिला बलिङ गर्ने भएको छ । दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । यो सँगै यस खेलमा नेदरल्याण्डसले पहिला ब्याटिंग गर्ने भएको हो ।
जारी क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाले आफ्ना शुरुका दुवै खेल जितेर शानदार शुरुवात गरेको छ भने नेदरल्याण्डसले भने आफ्ना शुरुवाती दुवै खेलमा हार बेहोरेको छ ।




