खेलकुद

भान डाइकको गोलमा ग्रिसमाथि नेदरल्याण्डसको जित

काठमाडौँ । नेदरल्याण्डसले युरोकप छनौट अन्तर्गत ग्रिसमाथि रोमान्चक जित हासिल गरेको छ ।

समुह बी अन्तर्गत गएराती सम्पन्न खेलमा नेदरल्याण्डसले ग्रीसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ९३औं मिनेटमा भिर्गिल भान डाइकले पेनाल्टीमार्फत गोल गर्दै नेदरल्याण्डसलाई जित दिलाएका थिए ।

यो जितपछि नेदरल्याण्डस समुह बी मा ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यसैगरी ७ खेलमा १२ अंक नै रहेको ग्रिस तेस्रो स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *