काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन एकसातामा दोस्रो पटक इजरायल पुगेका छन् ।
इजरायल-हमास युद्ध जारी रहेकै बेला ब्लिंकन सोमबार तेलअभिभ पुगेका हुन् । उनी अघिल्लो सातापनि इजरायल पुगेर उच्चस्तरीय भेटवार्ता गरेका थिए ।
अमेरिकाले गाजामा मानवीय करिडोर खेल्ने बारे पहल गरिरहेको भएपनि अहिलेसम्म त्यो सफल हुन सकेको छैन । साथै अमेरिकाले हमासको नियन्त्रणमा रहेका आफ्ना नागरिकलाई छुटाउने पहल समेत अहिलेसम्म सफल हुन सकेको छैन ।
ब्लिंकनले आजै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहूसँग भेटवार्ता गर्ने बताइएको छ ।




