मुख्य समाचार

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या १४ सय नाघ्यो

काठमाडौँ । गाजामा इजरायलको लगातारको आक्रमण जारी रहदा गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या बढी रहेको छ ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार गाजामा अहिलेसम्म १४ सय १७ जनाको मृत्यु भएको छ । जसमा ४४७ बालबालिका र २४८ महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अहिलेसम्म इजरायलको आक्रमणमा ६ हजार २६८ जना घाइते भएको बताएको छ ।

गत शनिबार हमासले इजरायलमाथि आक्रमण गरेपछि शुरु भएको यो युद्धमा इजरायलमा अहिलेसम्म १३ सयको मृत्यु भएको इजरायली डिफेन्स फोर्सले जानकारी दिएको छ भने ३३ सय घाइते भएका छन् ।
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *