काठमाडौँ । जारी आइसीसी विश्वकप अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल अफगानिस्तान र बंगलादेशबीच हुदै छ भने दोस्रो खेल दक्षिण अफ्रिका र श्रीलंकाबीच हुदै छ ।
पहिलो खेल अफगानिस्तान र बंगलादेशबीच भारतको धर्मशालामा नेपाली समय अनुसार १०: ४५ बजेदेखि शुरु हुदै छ । त्यस्तै दोस्रो खेल दक्षिण अफ्रिका र श्रीलंकाबीच अपराहन्न २: १५ बजेदेखि शुरु हुदै छ ।
अफगानिस्तान भर्सेस बंगलादेश
अफगानिस्तान र बंगलादेश अहिलेसम्म एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १५ पटक आमने सामने भएका छन् । जसमा बंगलादेशले ९ खेल जितेको छ र अफगानिस्तानले ६ पटक जित हासिल गरेको छ ।
दुवै देशले यस विश्वकपमा आफ्नो पहिलो खेल खेल्दैछन् ।
यस विश्वकपमा बंगलादेश शकिब अल हसनको कप्तानीमा खेल्दै छ । बंगलादेश योसहित सातौं पटक विश्वकपमा खेल्दै छ । बंगलादेश १९९९ को विश्वकपदेखि लगातार खेलिरहेको छ । अहिलेसम्म बंगलादेश २०१५ विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो भने अन्य विश्वकपमा समुह चरणबाटै बाहिरिएको थियो ।
त्यस्तै अफगानिस्तान भने तेस्रो पटक विश्वकपमा खेल्दैछ । यसअघि दुवै विश्वकपमा अफगानिस्तान समुह चरणबाट नै बाहिरिएको थियो ।
अफगानिस्तानको विश्वकप टोली: हस्मातुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज, इब्राहिम जद्रान, रियाज हसन, रहमत शाह, नजिबुल्लाह जद्रान, मोहम्मद नाबी, इक्राम अलीखिल, अज्मातुल्लाह ओमरजाई, राशिद खान, मुजीब उर रहमान, नूर अहमद, फजलहक फारुकी, अब्दुल रहमान, नवीन उल हक ।
बंगलादेशको विश्वकप टोलीः शकिब अल हसन (कप्तान), नजमुल हुसेन शान्तो (उपकप्तान), लिट्टन कुमार दास, तान्जिद हसन तमिम, तौहिद ह्रिदोय, मुशफिकुर रहिम, महमुदुल्लाह रियाद, मेहिदी हसन मिराज, नसुम अहमद, शाक महेदी हसन, तस्किन अहमद, मुस्ताफिउर रहमान, हसन महमुद, शोरिफुल इस्लाम र तान्जिम हसन साकिब ।
दक्षिण अफ्रिका भर्सेज श्रीलंका
दक्षिण अफ्रिका र श्रीलंकाबीच अहिलेसम्म ८० एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ४५ खेल जितेको छ भने श्रीलंकाले ३३ खेल जितेको छ । त्यस्तै एक खेल बिना नतिजा सकिएको थियो भने एक खेल बराबरीमा सकिएको थियो ।
दक्षिण अफ्रिका योसहित नवौं पटक विश्वकप खेल्दै छ । विश्वकपमा दक्षिण अफ्रिका अभागी टिमको रुपमा हेरिन्छ । अहिलेसम्म चार पटक सेमिफाइनल खेलेर पनि दक्षिण अफ्रिका अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन । दक्षिण अफ्रिका १९९२ देखि लगातार विश्वकप खेलिरहेको छ ।
त्यसैगरी १९९६ विश्वकपको विजेता श्रीलंका योसहित १३औं पटक विश्वकप खेल्दैछन् । श्रीलंकाले १९९६ को विश्वकप जित्नुका साथै २००७ र २०११ को विश्वकप फाइनल खेलेको थियो ।
दक्षिण अफ्रिकाको विश्वकप टिम: टेम्बा बाभुमा (कप्तान), गेराल्ड कोएत्जी, क्विन्टन डी कक (विकेटकीपर), रिजा हेन्ड्रिक्स, मार्को जेन्सेन, हेनरिक क्लासेन, केशव महाराज, एडेन मार्कराम, डेभिड मिलर, लुंगी एनगिडी, एन्डिले फेहलुकवायो, कागिसो रबाडा, तबरेज शाम्सी, कागिसो रबाडा , लिजाड विलियम्स ।
श्रीलंकाको विश्वकप टोलीः दासुन शानाका (कप्तान), कुसल मेन्डिस (उपकप्तान), कुसल परेरा, पथुम निसान्का, दिमुथ करुणारत्ने, सदिरा समरविक्रमा, चारिथ असालान्का, धनन्जया डी सिल्भा, दुशन हेमन्था, महीश थिकक्षना, दुनिथ वेलालगे, कसुन राजिथा, मथीसा पथीराना, लाहिरु कुमारा र दिलशान मदुशंका ।




