देश

शिक्षा विधेयकमाथि व्यापक छलफल आवश्यक छ : जर्नादन शर्मा

काठमाडौं।नेकपा माओवादी केन्द्रका सांसद जर्नादन शर्माले शिक्षा विधेयक व्यापक छलफल गरेर मात्र पास गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा शिक्षा ऐन २०८० माथिको सामान्य छलफलमा भाग लिँदै उनले शिक्षा विधेयक देश,लोकतन्त्र र समाजवादसँग जोडिएको हुँदा यसलाई औपचारिकतामा भन्दा पनि व्यापक छलफल गरी पास गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘देशको भविष्य निर्माणसँग सम्बन्धित भएको हुँदा,देश,लोकतन्त्र र समाजवाद कस्तो बनाउने भन्ने प्रसंग जोडिएको हुँदा यो विधेयकमा छलफलमा अत्यन्तै व्यवस्थित ढंगले लामो समय दिएर छलफल गर्न आवश्यक छ । यसलाई औपचारिकतामा भन्दा पनि व्यापक छलफलको आवश्यक छ ।’

उनले आउँदै गरेको विधेयक सकारात्मक रहेको भन्दै भने,‘जुन यो विधेयक आएको छ त्यो सकारात्मक छ । विधेयक आउँदा आउँदै शिक्षकहरूको आन्दोलन भए त्यसलाई समेत सम्झौता मार्फत अगाडि बढाउने जुन प्रयत्न भएको छ । यसमा अन्तर विरोध पनि छन् ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *