खेलकुद

नेपाली कबड्डी टीम सेमिफाइनलबाट बाहिरियो,कास्य पदक पक्का

काठमाडौं। नेपाली महिला कबड्डी टोलीले जारी १९ औँ एसियाली खेलकुदमा कास्य पदक जितेको छ ।

प्रतियोगितामा नेपालको यो पहिलो पदक हो ।

शुक्रवार भएको खेलमा भारतसँग ६१-१७ ले पराजित भएपछि नेपाल कास्यमा सीमित भएको हो ।

भारत फाइनल पुगेको छ ।

यसअघि समूहगत चरणमा एक खेल जितेको भरमा नेपाली टोलीले सेमिफाइनल यात्रा तय गरेर कम्तीमा कास्य पदक पक्का गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *