खेलकुद

विश्वकप क्रिकेट: न्यूजील्याण्डले टस जित्यो

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकपको पहिलो खेलमा न्यूजील्याण्डले टस जितेको छ । न्यूजील्याण्डका कप्तान टम लाथमले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै इङल्याण्डले पहिला ब्याटिंग गर्ने भएको छ ।

आजको खेलमा न्युजील्याण्डक नियमित कप्तान केन विलियम्सन इन्जुरिका कारण नखेलेपछि न्यूजील्याण्डको कप्तानी लाथमले गरेका हुन् ।

आजको खेलमा न्यूजील्याण्डबाट टम लाथम (कप्तान), डेभोन कोनवे, विल योङ, रचिन रविन्द्र, डार्यल मिचेल, ग्लेन फिलिप, मार्क चापम्यान, जिम्मी नीशाम, मिचेल सान्टनर, माट हेनरी र ट्रेन्ट बोल्ट खेल्दै छन् ।

त्यसैगरी इङल्याण्डका जोस बटलर (कप्तान), जोनी बैरस्ट्रव, डविड मलान, जो रुट, ह्यारी ब्रुक, मोइन अली, लियाम लिभिङस्टोन, क्रिस वोक्स, साम कुरान, अदिल राशिद र मार्क वूड खेल्दै छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *