खेलकुद

मेस्सीबिनाको मियामी पराजित

सिकागो । स्टार खेलाडी लियोनेल मेस्सी बिना मैदानमा उत्रेको इन्टर मियामी मेजर लिग सकरमा सिकागोसँग पराजित भएको छ । बिहीबारको खेलमा मियामी १–४ गोलले पराजित भएको हो ।

सबै गोल खेलको दोस्रो हाफमा भएको थियो । जर्डान साकिरीले खेलको ४९ औँ मिनेटमा सिकागोलाई अग्रता दिलाएका थिए । तर, ४ मिनेटपछि नै जोसेफ मार्टिनेजले पेनाल्टीमार्फत मियामीका लागि बराबरी गोल फर्काए ।

त्यसपछि भने सिकागोले गोलको वर्षा गरेको थियो । मात्र ३ मिनेटको अन्तरमा मारेन हेली सेलासेले दुई गोल गर्दै सिकागोलाई अग्रता दिलाए । साकिरीले ७३ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

पराजयपछि मियामी ३१ खेलबाट ३३ अंक बटुल्दै लिगको १४ औँ स्थानमा सीमित रहेको छ । सिकागो भने ३२ खेलबाट ४० अंकसहित आठौँ स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *