खेलकुद

पिएसजीमाथि न्यूक्यासलको शानदार जित

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत प्रिमियर लिग क्लब न्यूक्यासल युनाइटेडले पिएसजीमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न समुह चरणको खेलमा न्यूक्यासलले पिएसजीलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

न्यूक्यासलको जितमा मिगुएल अल्मिरोन, डान बर्न, सीन लंगस्टाफ र फाबियन चारले एक एक गोल गरेका थिए । त्यसैगरी पिएसजीका लागि लुकास हर्नानडेजले एक गोल गरेका थिए ।

यो जितपछि न्यूक्यासलले यस सिजनको च्याम्पियन्स लिगमा पहिलो जित हासिल गरेको छ । न्यूक्यासलको २ खेलमा ४ अंक भएको छ र समुहमा शिर्ष स्थानमा छ ।

त्यसैगरी पिएसजीको २ खेलमा ३ अंक छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।

यसैबीच यस समुहमा रहेका एसी मिलान र डोर्टमण्डले गोलरहित बराबरी खेल्दै एक एक अंक बाँडेका छन् । मिलानको २ खेलमा २ अंक भएको छ र डोर्टमण्डको २ खेलमा एक अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *