खेलकुद

एसीसी यू-१९ प्रिमियर कप खेल्ने १४ सदस्यीय नेपाली टिमको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यू-१९ प्रिमियर कप खेल्ने १४ सदस्यीय टिमको घोषणा गरेको छ । क्यानले २४ खेलाडीलाई क्याम्पमा बोलाएर प्रशिक्षण दिएपछि १४ खेलाडी छनौट गरेको हो ।एसीसी यू-१९ प्रिमियर कपमा नेपालले देव खनालको कप्तानीमा खेल्ने भएको छ । ५० ओभर फर्म्याटमा हुने एसीसी यू-१९ प्रिमियर कप आगामी अक्टोबर १२ देखि २४ सम्म १६ देशले भाग लिदैछन् । मलेसियामा हुने यो प्रतियोगितामा १६ देशलाई चार समुहमा बाडिएको छ ।

जसमा समुह ए मा नेपाल, बहराइन, साउदी अरेबिया र इरान रहेका छन् भने समुह बि मा युएई, ओमान, कतार र चीन रहेका छन् । त्यस्तै समुह सी मा सिंगापुर, कुवेत, थाइल्याण्ड र माल्दिभ्स रहेका छन् भएन समुह डी मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया रहेका छन् ।

यस प्रतियोगिताको फाइनलमा पुग्ने दुई देश र तेस्रो हुने देश गरी तीन देश २०२३ को एसीसी यू-१९ एशिया कपमा छनौट हुने छन् ।

यू-१९ एशिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा हुदै छ । एशिया कपमा प्रिमियर कपबाट तीन देश छनौट हुने छन् भने पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भारत र श्रीलंका स्वत: यू-१९ एशिया कपमा छनौट भएका छन् ।

नेपाली टिम:

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *