खेलकुद

च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो हार

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा लगातार दोस्रो हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडलाई टर्कीको क्लब गालाटासारेले ३-२ गोल अन्तरले पराजित गरेको हो ।

गालाटासारेको जितमा विलफ्राइड जाहा, मुहमद केरेम र माउरो इकार्डीले एक एक गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि भने रासमस होजलण्डले दुवै गोल गरेका थिए ।

यस खेलमा खेलको ७७औं मिनेटमा युनाइटेडका क्यासेमोरोले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा खेलेको थियो ।

यो जितसँगै समुह ए मा गालाटासारेको २ खेलमा ४ अंक भएको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी म्यानचेस्टर युनाइटेडले भने लगातार दोस्रो हार बेहोरेदै २ खेलमा अंकविहिन रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *