काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले छैठौँ विकेट गुमाएको छ । नेपालले छैठौं विकेटका रुपमा सन्दीप जोरालाई गुमाएको हो ।
उनी १२ बलमा तीन छक्का र एक चौकाको मद्दतले २९ रन बनाउँदै आउट भएका हुन् । उनी आउट हुँदा नेपालले १५.४ ओभरमा एक सय ४० रन बनाएको छ । नेपाललाई जितका लागि २५ बलमा ६२ रन आवश्यक छ ।




