खेलकुद

अजय जडेजा विश्वकपका लागि अफगानिस्तानको मेन्टर नियुक्त

काठमाडौँ । भारतीय पूर्व खेलाडी अजय जडेजा आइसीसी विश्वकपमा अफगानिस्तान राष्ट्रिय क्रिकेट टिमको मेन्टर नियुक्त भएका छन् ।

अफगानिस्तान क्रिकेट बोर्डले जदेजालाई भारतमा आगामी विहिबारदेखि शुरु हुने आइसीसी क्रिकेट विश्वकपका लागि मेन्टर नियुक्त गरेको जानकारी दिएको हो ।

५२ बर्षिय जडेजाले भारतका लागि १५ टेस्ट, १९६ एकदिवसीय खेल खेलेका छन् ।

अफगानिस्तानले अक्टोबर ७ शनिबार बंगलादेशविरुद्ध खेल्दै विश्वकपमा आफ्नो शुरुवात गर्दै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *