खेलकुद

बराबरीमा रोकियो पिएसजी

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजी बराबरीमा रोकिएको छ ।

शनिबार राति सम्पन्न खेलमा पिएसजी क्लेरमोन्ट फूटसँग गोलरहित बराबरीमा रोकिएको हो ।

यो यस सिजनमा पिएसजीको तेस्रो बराबरी हो । यो खेलपछि पिएसजीको ७ खेलमा १२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा छ ।

त्यसैगरी क्लेरमोन्ट फूटको ७ खेलमा २ अंक भएको छ र लिगमा १७औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *