खेलकुद

ओसासुनामाथि एटलेटिको म्याड्रिडको सहज जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले ओसासुनामाथि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले ओसासुनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा एन्टोनी ग्रीजम्यान र रोड्रीगो रिक्युलिमले एक एक गोल गरेका थिए ।

यस खेलमा खेलको ८५औं मिनेटमा ओसासुनाका एजेक्वेल अभिला र एटलेटिकोका अल्भारो मोराटाले रातो कार्ड पाएका थिए भने यस खेल खेलको ७८औ मिनेटमा ओससुनाका प्रशिक्षक जगोबा अर्रासेटले पनि रातो कार्ड पाएका थिए ।

यो जितपछि एटलेटिको म्याड्रिडको ६ खेलमा १३ अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ । त्यसैगरी ओसासुनाको भने ७ खेलमा ७ अंक रहेको छ र लिगमा १४औं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *