खेलकुद

एशियन गेम्सको महिला फुटबलमा बंगलादेशसँग नेपाल बराबरीमा

काठमाडौं । १९औ एशियन गेम्सअन्तर्गत महिला फुटबलमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ ।

समुह चरणको विहिबार सम्पन्न अन्तिम खेलमा नेपाल र बंगलादेश १-१ गोलको बराबरी खेलेका हुन् ।

खेलमा बंगलादेशका लागि सबिना खातुनले गोल गरेकी थिइन् भने नेपालका लागि रेखा पौडेलले बराबरी गोल गरेकी थिइन् ।

एशियन गेम्समा यस अघि नेपाल भियतनामसँग २-० ले र जापानसँग ८-० ले हार बेहोरेको थियो ।

योसँगै नेपाली महिला फुटबल टिमको एशियन गेम्सको यात्रा समुह चरणबाटै सकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *