खेलकुद

मेसी बिना खेलेको इन्टर मियामी युएस कपको फाइनलमा पराजित

काठमाडौँ । इन्टर मियामी युएस ओपन कपको फाइनलमा पराजित भएको छ ।

लियोनेल मेसी बिना खेलेको इन्टर मियामी फाइनलमा हस्टन डाइनामोसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

हस्टन डाइनामोक लागि ग्रीफिन डोर्सी र अमिने बासीले एक एक गोल गरेका थिए भने इन्टर मियामीका लागि एक गोल जोसेफ मार्टिनेजले गरेका थिए ।

यो सँगै हस्टन डाइनामोले दोस्रो पटक युएस ओपन कपको उपाधि जितेको छ ।

फाइनल खेलमा मेसी इन्जुरीका कारण टिममा थिएनन् भने जोर्डी अल्बा पनि यो खेल खेलेका थिएनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *