खेलकुद

नेपाललाई पेनाल्टी सुटआउटमा हराउदै भारत साफ यू-१९ को फाइनलमा

काठमाडौँ । भारत यू-१९ साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

दशरथ रंगशालामा बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा पेनाल्टी सुटआउटमा नेपाललाई ३-२ ले पराजित गर्दै भारत फाइनलमा पुगेको हो ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरीमा खेल सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो ।

नेपालका लागि समीर तामाङले खेलको ७४औं मिनेटमा गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए ।

अब भारतले फाइनलमा आगामी शनिबार पाकिस्तानको सामना गर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *