खेलकुद

टस हारेर नेपालले मंगोलियाविरुद्ध ब्याटिंग गर्दै

काठमाडौँ । नेपालले १९ औं एसियाली खेलकुदको क्रिकेटमा मंगोलियाले टस जितेको छ ।

चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । यो खेलसँगै मंगोलियाले अन्तर्राष्ट्रिय कुनैपनि क्रिकेट खेलमा पहिलो पटक डेब्यू गरेको छ ।

यस खेलमा नेपालबाट रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने खेल्दैछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *