काठमाडौँ । जर्मन बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले भिएफएल बोचुमविरुद्ध फराकिलो जित हासिल गरेको छ ।
शनिबार सम्पन्न खेलमा बायर्न म्युनिखले बोचुमलाई ७-० गोल अन्तरले पराजित गरेको हो ।
बायर्नको जितमा ह्यारी केनले ह्याट्रिक गरेका थिए । उनले खेलको १२औं, ५४औ र ८८औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । केनको बायर्नका लागि लिगमा ५ खेलमा यो सातौं गोल हो ।
त्यस्तै एरिक म्याक्सिम, माथिस डी लाइट, लिरोय साने र माथिस टेलले एक एक गोल गरेका थिए ।
यो जितपछि बायर्न म्युनिखको ५ खेलमा १३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी बोचुमको ५ खेलमा ३ अंक रहेको छ ।




