खेलकुद

क्यानमा नयाँ नेतृत्व, को को निर्वाचित भए ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वको निर्वाचन सम्पन्न भएको छ । शनिबार सम्पन्न मतदानपछि क्यानको नयाँ कार्यसमिति बनेको हो ।

क्यानको अध्यक्षमा चतुरबहादुर चन्दसहित तीन पदाधिकारी र तीन केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका थिए भने सचिव र १० केन्द्रीय सदस्य भने चुनावबाट निर्वाचित भएका हुन् ।

अध्यक्ष चतुरसहित उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का निर्बिरोध निर्वाचित भएका छन् । त्यसैगरी केन्द्रीय सदस्यमा महिलातर्फ जयन्तीदेवी भट्ट निर्विरोध निर्वाचित भएकी थिइन् भने लुम्बिनीबाट प्रदीप मजगैंया र कर्णालीबाट श्रीधर केसी पनि निर्विरोध निर्वाचित भएका थिए ।

सचिवमा पूर्व कप्तान पारस खड्का विजयी भएका छन् । उनले प्रतिद्वन्दी प्रशान्तविक्रम मल्ललाई ११ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । योसँगै दुई बर्षअघि राष्ट्रिय टिमबाट सन्यास लिएका पारसको औपचारिक रुपमा क्यानमा इन्ट्री भएको छ ।

त्यस्तै प्रदेश सदस्यतर्फ कोशीबाट अर्जुन पौडेल विजयी भएका छन् भने बाग्मतीबाट दिवाकर घले निर्वाचित भएका छन् । त्यस्तै गण्डकीबाट सुदीप शर्मा विजयी भए भने सुदूरपश्चिमबाट विक्रम विष्ट विजयी भए ।

त्यसैगरी खुल्ला ५ केन्द्रीय सदस्यमा धीरेन्द्र साउद, दुर्गाराज पाठक, आयूष श्रेष्ठ, विरेन्द्रबहादुर चन्द विजयी भएका छन् ।

मधेस प्रदेशबाट माधवकुमार कर्माचार्य र मोहम्मद दाउद अन्सारीको बराबरी मत आएको छ । उनीहरूले ४२-४२ भोट ल्याएका हुन् । त्यस्तै खुला तर्फ पाचौंमा करन महत्रा क्षेत्री र ऋषिराम गौतमको बराबर २६-२६ मत आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *