खेलकुद

एएफसी च्याम्पियन्स: हारबाट बच्यो अल हिलाल

काठमाडौँ । एएफसी च्याम्पियन्स लिग अन्तर्गतको पहिलो खेलमा अल हिलाल बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न समुह चरणको पहिलो खेलमा अल हिलाल उज्बेकिस्तानको क्लब नभबाहोरसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

अल हिलाललाई ९० मिनेटपछिको इन्जुरी समयमा अलि अल्बूलायाहीले गोल गर्दै हारबाट बचाएका थिए । यस अघि नाभोबाहोरका लागि खेलको ५२औं मिनेटमा टोमा टाबाटाजेले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

यो बराबरीपछि समुह डी मा रहेका अल हिलाल र नाभबाहोरले एक एक अंक बाँडेका छन् । यसै समुहमा रहेको इरानी क्लब नास्सजी माजाले भारतको मुम्बई सिटीलाई २-० गोलले पराजित गर्दै ३ अंक हासिल गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *