खेलकुद

रियल मड्रिडले सोसिडाडलाई हरायो, शीर्षमा कायमै

काठमाडौं। स्पेनिस ला लिगामा रियल मड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा २–१ को गोल अन्तरले हराउँदै रियलले शीर्ष स्थानको यात्रा कायमै राखेको छ।

खेल शुरू भएको पाँचौँ मिनेटमा सोसिडाडका एन्डर ब्यारेनाट्याक्सियाले गोल गरेका थिए। पहिलो हाफसम्म अग्रता कायम गरेको सोसिडाड दोस्रो हाफको शुरूमै ४६ औँ मिनेटमा भालभर्डेको गोलमा रियल बराबरीमा पुग्यो। अर्को गोल न्युक्यासल र स्टक सिटीका पूर्व फरवार्ड जोसुलुले ६०औँ मिनेटमा गर्दै रियल मड्रिडलाई जित दिलाए।

यो जितपछि लिग तालिकाको शीर्ष स्थानको यात्रा कायम गर्दै रियलले १५ अंक बनाएको छ भने सोसिडाड ६ अंकसहित ११औँ स्थानमा छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *