समाचार

प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीचको भेट हाङझाउमा हुने

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जीनपीङसँग हाङझाउमै भेटवार्ता गर्ने तय भएको जानकारी दिएका छन् ।

आफ्नो आसन्न चीन भ्रमणबारे संसद्लाई जानकारी दिँदै उनले चिनियाँ राष्ट्रपति सीसँग हाङझाउमै भेटवार्ता हुने जानकारी दिएका हुन् ।

२५ सेप्टेम्बरमा आफ्ना चिनियाँ समकक्षीसँग बेइजीङमा भेटवार्ता गर्ने तय भएको उनले सदनलाई जानकारी गराए ।

लगत्तै १९औं एसियन्स गेम्सको उद्घाटन समारोहमा पनि सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *