संसद

गलत भाष्य निर्माण गरेर अराजकता सिर्जना गर्न खोजिँदैछ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस, एमाले र माओवादीविरुद्ध गलत भाष्य निर्माण गरेर अराजकता सिर्जना गर्न खोजेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लोकतन्त्र नेपाली जनताले त्याग, तपस्या र बलिदानबाट ल्याएको व्यवस्था भएको बताए ।

उनले भने, ‘लोकतन्त्रमा पनि केही कमीकजोरी हुनसक्छन् । लोकतान्त्र भनेको आजको दिनमा सबैभन्दा उत्कृष्ट व्यवस्था हो । संसारभर सम्भावना भएका विकल्प रहेका व्यवस्थामा सबैभन्दा राम्रो व्यवस्था भनेर स्थापित भएको तथ्य हो । लोकतन्त्रमा कमीकमजोरी छन् भनेपनि लोकतान्त्रिक व्यवस्थाले त्यसलाई आफैँ ठीक गरेर जाने ल्याकत राख्छ ।’

उनले आफ्ना फरक मत शान्तिपूर्ण ढंगले राख्न पाइने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *