खेलकुद

लुटन टाउनमाथि चेल्सीको सहज जित

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले लुटन टाउनलाई पराजति गरेको छ ।

गएराती सम्पन्न खेलमा चेल्सीले लुटन टाउनमाथि ३-० गोल अन्तरको जित हासिल गरेको हो ।

चेल्सीको जितमा रहिम स्टरलिङले २ गोल गरे भने एक गोल निकोलस ज्याक्सनले गरेका थिए ।

चेल्सीको जारी नयाँ सिजनमा यो पहिलो जित हो । यो जितपछि ३ खेलमा चेल्सीको ४ अंक भएको छ ।

त्यस्तै लुटन टाउनको भने यो यस सिजनको लगातार दोस्रो हार हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *