खेलकुद

बेलिङघमको गोलमा रियल म्याड्रिड विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेल्टा भिगोमाथि संघर्षपूर्ण जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा खेलको ८१औं मिनेटमा जुडे बेलिङघमले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

जारी सिजनमा रियल म्याड्रिडको यप लगातार तेस्रो जित हो । यो जितपछि लिगमा ३ खेलमा ९ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै सेल्टा भिगोले भने जारी सिजनमा योसहित दोस्रो हार बेहोरेको छ । सेल्टाको ३ खेलमा १ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *