विश्व

गाडी दुर्घटना हुँदा ९ भारतीय सैनिकको मृत्यु,प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

नयाँ दिल्ली।भारतीय सेनाको गाडी दुर्घटना हुँदा ९ सैनिकको मृत्यु भएको छ । गाडी शनिबार साँझ लद्दाखमा दुर्घटना भएको हो ।

दुर्घटनामा ९ जना सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ ।

दुर्घटनामा एक जना घाइते भएका छन् । उनको उपचार भइरहेको छ । गाडीमा १० सैनिक सवार थिए ।

सेनाको गाडी एउटा गहिरो खाल्डोमा खसेको थियो । दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाहलगायतले दु:ख व्यक्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *