खेलकुद

दक्षिण अफ्रीकालाई हराउदै नेदरल्याण्डस विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । नेदरल्याण्डस जारी महिला फुटबल विश्वकपको क्वाटरफाइनलमा पुगेको छ । आइतबार सम्पन्न खेलमा नेदरल्याण्डसले दक्षिण अफ्रिकालाई २-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

नेदरल्याण्डसको जितमा जिल रोर्ड र लिनेथ बीरेन्टेनले एक एक गोल गरेका थिए ।

अब क्वाटरफाइनलमा नेदरल्याण्डसले बलियो मानिएको टिम स्पेनसँग खेल्ने छ ।

हारसँगै दक्षिण अफ्रिकाको विश्वकप यात्रा भने समाप्त भएको छ ।

नेदरल्याण्डससंगै अहिलेसम्म स्पेन र जापान विश्वकपको क्वाटरफाइनलमा पुगिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *