खेलकुद

महिला विश्वकपमा पोर्चुगलले भियतनामलाई हरायो

काठमाडौँ । जारी फिफा महिला फुटबल विश्वकप अन्तर्गत पोर्चुगलले भियतनामलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा पोर्चुगलले भियतनामलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा टेलमा एनकारनाकाओ र फ्रान्सिस्का नाजारेथले एक एक गोल गरेका थिए ।

जारी विश्वकपमा पोर्चुगलको दोस्रो खेलमा पहिलो जित हो । यस अघि सम्पन्न पहिलो खेलमा पोर्चुगल नेदरल्याण्डससँग १-० गोल अन्तरले पराजित भएको थियो ।

यो खेलपछि समुह इ मा अमेरिका ४ अंकसहित शिर्ष स्थानमा छ भने नेदरल्याण्डस पनि ४ अंकसहित दोस्रो र पोर्चुगल ३ अंकसहित तेस्रो स्थानमा रहेको छ । अब पोर्चुगलले आफ्नो समुह चरणको अन्तिम खेलमा अमेरिकाको सामना गर्ने छ ।

त्यस्तै लगातार दोस्रो हार बेहोरेको भियतनामको भने अब अर्को राउण्डमा जाने सम्भावना सकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *