संसद

राष्ट्रिय सभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित

काठमाडौँ। राष्ट्रियसभाले ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ लाई पारित गरेको छ ।

सोमबार बसेको राष्ट्रियसभा बैठकले उक्त विधेयक पारित गरेको हो ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राखेको नेपाल विश्वविद्यालय विधेयक–२०७९ लाई पारित गरियोस् भन्ने प्रस्तावले बहुमतले पारित गरेको हो ।

सो विधेयक पारित गरेसँगै बैठक १९ असार मंगलबार दिउँसो १ बजेर १ मिनेटसम्मका लागि स्थगित गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *