काठमाडौँ । अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीका अधिकारीहरूलाई निजी सैन्य कम्पनी वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनको योजनाको बारेमा बुधबारदेखि नै थाहा भएको दाबी गरेको छ ।
न्यूयोर्क टाइम्सले यस बारेमा खुलासा गर्दै अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीका वरिष्ठ अधिकारीहरूसँग यस बारेको प्रमाण गत बुधबार नै रहेको उल्लेख गरको छ ।
वाग्नर समुहका प्रमुख येभगेनी प्रिगोजिनले रूसको रक्षा मन्त्रालयका अधिकारीहरूविरुद्ध सैन्य कारबाहीको तयारी गरिरहेको उनीहरुसँग गत बुधबार नै प्रमाण रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।
अमेरिकी अधिकारीहरूले प्रिगोजिनको योजनाबारे अन्ततः कहिले थाहा पाए भन्ने उल्लेख नभएपनि बुधबार गुप्तचर विभागका अधिकारीहरूले बाइडेन प्रशासन र पेन्टागन (अमेरिकी रक्षा मन्त्रालय) का प्रतिनिधिहरूसँग यस विषयमा ब्रीफिङ गरेका थिए ।
बिहीबार, जब थप प्रमाणहरू प्राप्त भयो, गुप्तचर विभागका अधिकारीहरूले कांग्रेसका केही सदस्यहरूलाई यस घटनाक्रमको बारेमा जानकारी दिएको रिपोर्टमा उल्लेख गरिएको छ ।
प्रिगोजिनको सैन्य योजनाको नतिजाको बारेमा स्पष्ट जानकारी नभए पनि अमेरिकी सुरक्षा एजेन्सी भित्र रूसको आणविक हतियारमा पार्ने प्रभावको बारेमा चिन्तित रहेको बताइएको छ ।
रिपोर्टमा गत वर्ष अक्टोबरमा राष्ट्रपति जो बाइडेनको राष्ट्रपति पुटिन एक्लो भएमा यसले खतरनाक परिणामहरू निम्त्याउन सक्छ भन्ने भनाई पनि उल्लेख गरिएको छ ।




