विश्व

बेइजिङ वार्ताको भोली पल्टै बाइडनले सीलाई तानाशाह भने

वासिङ्टनडिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई तानाशाहको संज्ञा दिएका छन् । सोमबार मात्रै बेइजिङमा दुई देशका विदेशमन्त्रीबीच आपसी सम्बन्ध सुधार गर्ने सहमती भएको थियो ।

त्यसको भोलीपल्टै राष्ट्रपति वाइडेनले क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा राष्ट्रपति सीलाई तानासाह भनेका हुन् ।

विश्वका दुई महाशक्तिबीचको तनाव कम गर्ने उद्देश्यले बेइजिङमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले सीलाई भेटेको एक दिनपछि बाइडनको यस्तो टिप्पणी आएको हो ।

सीले बेइजिङमा केही प्रगति भएको बताएका थिए भने ब्लिङ्कनले दुवै पक्ष थप वार्ताका लागि खुला रहेको सङ्केत गरेका थिए।चीनले बाइडनको टिप्पणीबारे हालसम्म प्रतिक्रिया दिइसकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *