नयाँ दिल्ली । हिन्दी फिल्म आदिपुरुषका लेखक मनोज मुन्तासिरले असुरक्षा बढेको बन्दै प्रहरी सुरक्षा मागेका छन् । सोमबार दिउँसो उनले मुम्बई प्रहरीसँग आफ्नो सुरक्षाका लागि सुरक्षाकर्मी माग गरेका हुन् ।
रामायणको कथावस्तुमा आधारित आदिपुरुषमा भएका संवाद र दृश्यलाई लिएर संसारभर आलोचना भएको छ । फिल्म रिलिज भएदेखि नै आदिपुरुषलाई प्रतिबन्ध लगाउनुपर्ने भन्दै सडकमा समेत आवाज उठेको छ । त्यही कारण उनले आफ्नो जीउज्यानको सुरक्षा माग गरेका हुन् ।
फिल्मबारे नकारात्मक प्रतिक्रिया आउन थालेपछि आइतबार उनले पहिलोपटक मुख खोलेका थिए । उनले आफ्ना नकारात्मक धारणा बाहिर निकालेका थिए। चार हजार पङ्क्तिहरू समावेश भएको स्क्रिप्टलाई पाँचवटा अपमानजनक लाइनहरूको आधारमा किन न्याय गर्नु हुँदैन भन्दै उनले आलोचककै आलोचना गरेका थिए ।
फिल्ममा भएको जानकी भारतीय छोरी हुन् भन्ने संवाद नहटाएको भन्दै आदिपुरुष नेपालमा विवादमा परेको थियो । काठमाडौंका मेयर बालेन्द्र साह बालेनको स्टाटसकै कारण फिल्म अहिले सबैतिर रोकिएको छ ।




