काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदै छ । आज दुवै खेल अपराहन्न ३ बजेदेखि शुरु हुदै छ ।
आज एन्फा कम्प्लेक्समा थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच खेल हुदै छ ।
जारी लिगमा थ्री स्टारको १९ खेलमा २६ अंक छ भने नेपाल पुलिस क्लबको १९ खेलमा २२ अंक रहेको छ ।
त्यस्तै आज दशरथ रंगशालामा सातदोबाटो युथ क्लब र खुमलटार क्लबबीच खेल हुदै छ ।
जारी लिगमा सातदोबाटोको १९ खेलमा २९ अंक छ भने खुमलटारको १९ खेलमा १८ अंक रहेको छ ।




