खेलकुद

भलेन्सियासँग हार्यो रियल म्याड्रिड

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड भलेन्सियासँग पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा भलेन्सियाले रियल म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

भलेन्सियाको जितमा खेलको ३३औं मिनेटमा डिएगो लोपेजले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

यस खेलमा रियल म्याड्रिडका भिनिसियस जुनियरले खेलको ९७औं मिनेटमा रातो कार्ड पाएका थिए ।

यो हारपछि रियल म्याड्रिडको ३५ खेलमा ७१ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छ ।

त्यस्तै यो जितपछि भलेन्सियाको ३५ खेलमा ४० अंक भएको छ र लिगमा १३औं स्थानमा उक्लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *