खेलकुद

ओसासुनामाथि एटलेटिको म्याड्रिडको जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले ओसासुनालाई पराजित गरेको छ ।

आइतबार राति सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले ओसासुनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा यानिक कारास्को, साउल निगुएज र एंगल कोरियाले एक एक गोल गरेका थिए ।

यो जितपछि एटलेटिको म्याड्रिड दोस्रो स्थानमा उक्लिएको छ । एटलेटिको म्याड्रिडको ३५ खेलमा ७२ अंक भएको छ । एक खेल कम खेलेको रियल म्याड्रिड ३४ खेलमा ७१ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी ओसासुनाको भने ३५ खेलमा ४७ अंक छ र लिगमा नवौं स्थानमा रहेको छ ।

यस सिजनको ला लिगाको उपाधि भने बार्सिलोनाले जितिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *