खेलकुद

क्यासेमिरोको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले बोर्नमाउथलाई पराजित गरेको छ ।

शनिबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले बोर्नमाउथलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा खेलको नवौं मिनेटमा क्यासेमिरोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको ३६ खेलमा ६९ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

त्यस्तै बोर्नमाउथको ३७ खेलमा ३९ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *