काठमाडौं । टी २० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली टोलीको आधिकारिक जर्सी पार्टनरका रूपमा माई पे जोडिएको छ ।
बिहीबार एक कार्यक्रमबीच नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशनकुमार सिंहको उपस्थितिमा माई पेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहता र नेपाल क्रिकेट संघका महाप्रबन्धक वृत्तान्त खनालले हस्ताक्षर गरेका छन् ।
नेपाल र मलेसियाबीच आगामी जेठ १५ मा टी २० अन्तर्राष्ट्रिय सिरिजका खेल हुँदैछन् । साेही खेलमा नेपाली महिला खेलाडीले लगाउने जर्सीकाे प्रायाेजन माई पेले गर्ने भएकाे हाे ।




