खेलकुद

हारसँगै आर्सनलको उपाधि दौडको अन्त्य

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल ब्राइटनसँग पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा ब्राइटनले आर्सनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

ब्राइटनका लागि जुलियो एनसिस्को, डेनिज उनडभ र पेरभिस एस्टूपीनानले एक एक गोल गरेका थिए ।

यो जितपछि ब्राइटनको ३४ खेलमा ५८ अंक भएको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ ।

त्यस्तै आर्सनलको यो हारपछि भने प्रिमियर लिगको उपाधि जित्ने सम्भावना लगभग समाप्त भएको छ । आर्सनलको ३६ खेलमा ८१ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ३५ खेलमा ८५ अंक रहेको छ ।

अब म्यानचेस्टर सिटीले बाँकी तीन मध्ये एक खेल जितेमा प्रिमियर लिगको उपाधि जित्ने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *